
हेटौंडा/ मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बस्ने ३५ वर्षीय सुरज लामा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट पक्राउ गरेको हो ।
लामालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई उक्त कैद भुक्तानको लागी कारागार कार्यालय भीमफेदी पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लामालाई जिल्ला अदालत मकवानपुरले २०७७ पुस २३ गतेको फैसलाले लागुऔषध मुद्दामा ६ महिना कैद र २५ हजार जरिवाना सुनाएको थियो ।


सेयर गर्नुहोस्