हेटौँडा/ कारोबारको अन्तिम दिन बिहीबार रिदी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ६१ अंकले उकालो लाग्दै प्रतिकित्ताको मुल्य ७२४ रुपैंयामा पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ लाख ६३ हजार ३३० कित्ता शेयर खरिदमाग भएको छ भने ३२ हजार ९२२ कित्ता शेयर बिक्रीमाग भएको छ ।
आज कम्पनीको शेयरमुल्य ९.२० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयर कारोबार ६६३ रुपैंयाबाट सुरु भएको छ ।
सेयर गर्नुहोस्




















