
हेटौंडा/बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले मकवानपुरको विकट कैलाश गाउँपालिका–६ स्थित मझुवा खानेपानी उपभोक्ता समितिको लागि ६ सय मिटर पाइप सहयोग गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच चेपाङले कैलाश–६ का वडाध्यक्ष र उपभोक्तालाई करिब २७ हजार रुपैयाँ बराबरको खानेपानी पाइप हस्तान्तरण गरेका हुन् ।
६ नम्बर वडाका करिब १० घरधुरीलाई खानेपानीको समस्या भएको जानकारी पाएपछि आफ्नो व्यक्तिगत खर्चमा पाइप सहयोग गरिएको सांसद चेपाङले बताए । यसअघि पनि सांसद चेपाङले कैलाश ५ नम्बर वडाका १६ घरधुरीलाई खानेपानी सुविधा पुग्नेगरी ६ सय मिटर खानेपानी पाइप सहयोग गरेका थिए ।
पाइप हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता जयराम लामिछाने, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाली कांग्रेस जिल्ला सदस्य रत्न गोले, कैलाश ६ का वडाध्यक्ष ठूलोकान्छा लामा, थाहा नगरका जनजाति महासंघ अध्यक्ष सूर्यलाल थिङलगायतको उपस्थिति रहेको थियो ।
