
हेटौँडा/ जिल्लामा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको पिसिआर र ३ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ७२ जना र १७ जना गरी ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना जितेका छन् । यो संगै हालसम्म १३ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३ सय ४४ जना संक्रमण मुक्त अर्थात कोरोना निको भएका छन् ।

सेयर गर्नुहोस्