मकवानपुरमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नेको संख्यामा वृद्वि

हेटौडा टुडे
२४ श्रावण २०७८, आईतवार १२:४१

हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा ११ हजार भन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् ।

जसमध्ये ५ हजार ७७ जना पुरुष र ५ हजार ९ सय ३६ जना महिला रहेका छन् ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*