हेटौँडा / मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको छ। आज सबैभन्दा धेरै हेटौंडाका ४६ जनामा कोरोना पुष्टि भएको हो।
बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १४२ जनाको कोरोना जाँच गर्दा ५५ जनामा कोरोना पोजेटिभ देखिएको हो।बुधबारको तथ्याङ्क अनुसार ११० जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५४ जना र एन्टिजेन बिधिबाट ३२ जनाको कोरोना जाँच गर्दा १ जना गरी ५५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्




















