हेटौंडामा मिडिया सवालमा पैरवी रणनीति विषयक छलफल

हेटौंडा टुडे
४ भाद्र २०७८, शुक्रबार ११:४४

हेटौँडा/ मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को आयोजनामा हेटौंडामा फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति र मिडियाका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम भएको छ । फ्रि मिडिया नेटवर्क मकवानपुरका संयोजक नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको अन्तरक्रियामा इह्रिकनका प्रतिनिधि निराजन नेपालीले फ्रि मिडिया नेटवर्कको कार्यादेश, पैरवीको अवधारणागत स्पष्टता, सवालमा आधारित मिडिया पैरवी, मिडियाका लागि अबको आवश्यकता, नीति नियमको विश्लेषण विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश महासंघ उपाध्यक्ष सम्झना कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष ध्रुव प्रसाद चौलागाई, मानव अधिकार संरक्षण तथा बेचविखन विरुद्धको संजालका जिल्ला संयोजक आरती पाठक, नागरिक समाज मञ्च संयोजक रमिला सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, लगायतले मिडियाका सवाल र पैरवीका विषयमा आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रमका अध्यक्षता गरेका मणिराज गौतमले मकवानपुर जिल्लामा मिडियाको अवस्था तथा कोभिडले सञ्चार क्षेत्रमा पारेको असर र यस सँग जोडिएका प्रमुख चुनौती तथा पैरवीका लागि पहिभान भएका प्रमुख मुद्दाहरुको विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*