मकवानपुरमा अवैध काठ सहित दुई जना पक्राउ

हेटौडा टुडे
१० भाद्र २०७८, बिहीबार १७:१४

हेटौँडा/ मकवानपुर प्रहरीले बिहिबार अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ बस्ने २८ बर्षीय सुमन लामा र सोहि ठाउँको २९ बर्षीय सुवास गोले रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले हेटौँडाबाट भैंसेतर्फ जादैँ गरेको बा ९ च ५९१२ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ५ थान ३५ क्युफिट अवैध काठ प्रहरीले बरामद गरेको हो ।

उक्त काठ र गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वेर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*