अवरुद्ध भएको भिमफेदी – कुलेखानी सडकखण्ड एकतर्फी खुल्यो

हेटौंडा टुडे
१२ भाद्र २०७८, शनिबार १२:०२

हेटौंडा । लगातार बर्षाको कारण हेटौंडाबाट काठमाण्डौ जाने छोटो दुरीको मार्ग एक तर्फी सञ्चालनमा आएको छ।  गएराती भीमफेदी गाउँपालिका देउराली नजिक पहिरो गएपछि सडक अबरुद्ध भएको थियो । अवरुद्ध भएपछी हेटौंडा भीमफेदी हुदै काठमाण्डौ जाने मार्ग अबरुद्ध भएको हो । बाटो अबरुद्ध भए पछि पहिरो हटाउन कठिन भएपनि तत्कालका लागि पहिरो हटाएर बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*