हेटौँडा / बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ । बुधबार २२६ कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेययर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको छ । ३ उपसमूहमध्ये ४ उपसमूहको शेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ ।
सेयर गर्नुहोस्




















