हेटौँडा/ शुक्रबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५९ जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेका र कन्टयाक ट्रेसिङ्गमा परेका ५९ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईका अनुसारआज संकलन गरिएको स्वाब मध्य २९ जना महिला र ३० जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको छ ।
सेयर गर्नुहोस्