फिल्म नहुँदा आजबाट खुलेनन् उपत्यकाका हल

हेटौडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १४:०१

हेटौँडा/ जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न समेत गरेका थिए ।

प्रशासनले हल खुल्न दिने निर्णय गरेपनि प्रदर्शनका लागि कुनै पनि चलचित्र तयार छैनन् । यस्तै, बलिउड तथा हलिउड चलचित्र पनि वितरकले खरिद नगरेकाले तत्काल के चलाउने भन्ने अन्यौल छ । यसैले, पनि काठमाडौंका हलहरु आजबाट नखुलेको हल संचालकहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*