काठमाडौँमा १ सय भन्दा बढी ठाउँमा बाढी पस्यो, १ सय ३८ जनाको सकुशल उद्धार

हेटौंडा टुडे
२०७८ भाद्र २१, सोमबार ११:४१ गते

हेटौँडा/ अविरल बर्षाका कारण काठमाडौँ उपत्यका डुबानमा परेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । भने । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*