
हेटौँडा /मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । मकवानपुरको पछिल्लो तथ्याङ्क अनुसार, जिल्लामा हालसम्म एक लाख ३८ हजार ५ सय ५५ जनाले बीमा गराएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा जिल्लामा ७१ हजार १ सय ८४ महिला र ६७ हजार ३ सय ६७ पुरुषले स्वास्थ्य बिमा गरेका छन् ।
साथै स्वास्थ्य बीमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९ सय ६६ अर्थात ८७ प्रतिशतले बीमा नवीकरण गरेका छन् । यसैगरी, गत आर्थिक वर्षमा ३३ हजार ९ सय ६६ जना नयाँ सदस्य थपिएको स्वास्थ्य बीमा बोर्ड मकवानपुरले जनाएको छ ।
मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बीमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतका वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका थिए ।


सेयर गर्नुहोस्