१०४ किलो लागुऔषध गाँजासहित लामा पक्राउ

हेटौडा टुडे
३० भाद्र २०७८, बुधबार ११:४५

हेटौँडा/ नेपाली सेनाले हेटौडा उप–महानगरपालिका–३ हाँडीखोलाबाट करीव १०४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय बुद्ध बहादुर ब्लोन लामा रहेका छन ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पी. टोलीले उनलाई विशेष सुचनाको आधारमा निकुञ्ज कोर ईलाका, भैँसेखोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा सेनाले लामालाई गाँजा १०३.९२ किलो, मोबाइल सेट २ र झाला २ सहित पक्राउ गरेको हो ।

बरादम भएका सामानसहित लामालाई पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*