हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबर मौसम देशभर सामान्यतया सफादेखि आंशिक सम्म बदली छ। तत्काल कतै पानी परेको छैन।
दिउँसोः बिहान( १०÷११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि (सामान्य ७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै रातिः (साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
सेयर गर्नुहोस्