अभिनेत्री पायल घोषमाथि एसिड आक्रमण प्रयास !

हेटौडा टुडे
७ आश्विन २०७८, बिहीबार १५:०३

हेटौँडा/ अभिनेत्री पायल घोष बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि मिडियामा छाएकी थिइन्। दक्षिण भारतीय र बलिउडका केही फिल्ममा अभिनय गरेकी उनले हालै आफूमाथि एसिड आक्रमणको प्रयास भएको बताएकी छन्।
टाइम्स अफ इन्डियाका अनुसार औषधि किनेर घर फर्कदै गर्दा नकाब लगाएका मानिसले पायलमाथि एसिड छ्याप्ने प्रयास गरेका थिए। कसैमाथि शंका छ कि भनेर सोधिएको प्रश्नमा पायलले भनिन्, ‘स्वभाविक रुपमा उनीहरु शुभचिन्तक थिएनन् र यो योजनाबद्ध घटना थियो।’
उनले यसविरुद्ध कडा कदम चाल्नेसमेत बताएकी छन्। पायलले आफूमाथि आक्रमण भएको बताइएको भिडिओमार्फत बिस्तारमा भनेकी छन्। उनका अनुसार कारभित्र चालक सिटमा बस्न लाग्दा उनको टाउकोमा कसैले रडले हिर्कायो।उनीहरुको हातमा बोतल थियो जसमा एसिड भएको पायलको आशंका छ।
उनले राति १० बजे भएको घटनामा उनको हातमा समेत चोट लागेको बताएकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*