• मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीमा चल्ने अटोको मनोमानि भाडादर, यात्रु हेरेर भाडा तोक्छन चालक

मनोज देबकोटा
७ आश्विन २०७८, बिहीबार १७:०२

हेटौँडा । मकवानपुरगढी गाउँपालिकामा चल्ने तीन पाङ्ग्रे सवारी अटोले मनलाग्दी भाडा असुल्न थालेपछि सर्वसाधारण यात्रुहरु मार्कामा परेका छन् । अटो चालकहरुले मनोमानी भाडादर निर्धारण गरेर बढी रकम लिन थालेपछि मर्कामा परेका स्थानीय यात्रुहरुले गुनासो गरेका हुन् । हेटौँडाबाट करिब ७ किलोमिटर दुरीमा पर्ने मक्रानचुलीबाट हेटौँडा बजारसम्म आउने यात्रुहरुसंग अटो चालकहरुले यात्रु हेरेर भाडादर कायम गर्ने गरेको पाईएको छ । अटो ब्यबसायिहरुले प्रतिव्यक्ति पचास रुपैया देखि एक सय रुपैयाँसम्म भाडा लिने गरेका छन् । सम्बन्धित निकालयले भाडा दर निधारण गर्न चासो नदेखाएको र अनुगमन पनि नगरेपछि चालकहरुले आफु खुसी भाडा असुल्ने गरेको पाईएको छ ।

स्थानिय तहले आफनो पालिका भर भाडा निर्धारण नभएकाले अटो ब्यबसायिहरुले बढि भाडा लिने गरेको र बढी भाडा लिनेमाथि कारवाही गर्नुपर्ने स्थानीयबासीको माग छ । केही समय पहिला मकवापुरगढी गाउँपालिकाको भित्रि तथा मुख्य सडकको अवस्था जिर्ण रहेको थियो । जिर्ण सडक हुदाँ लिने गरेको भाडा र अहिले सडक स्याल्ब तथा पिच भई सक्दा पहिलाको भन्दा दोब्दर भाडा लिन उपयुक्त नभएको स्थानीयको भनाइ छ । हाल उक्त क्षेत्रको  सडक स्याल्ब तथा पिच भएपछि अटोको भाडा दर पनि घटाइनु पर्ने स्थानीय बासिहरुको माग छ ।

कोरोना कारण जारी निषेधाज्ञा बिस्तारै सहज भए सँगै संचालनमा आएका अटो रिक्साहरुले यात्रुहरुवाट मनलाग्दी रुपमा भाडा अशुल्न थालेपछि  स्थानीयबासिहरु बाट गुनासो बढेको हो । छोटो दुरीमा संचालन हुदै आएका अटोरिक्साहरुले विभिन्न ठाउँका लागि शुल्क नै तोकेर अटोमा टाँसिनु पर्ने भएपनि त्यो भन्दा फरक आफ्नो मनलाग्दी रुपमा पैसा लिने गरेका छन् तर स्थानिय प्रशासन यतिबेला मौन छ । स्थानियबासिका अनुसार ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले कै आखा अगाडि यो किसिमको मनोमानी हुनु र  चेकजाच नर्गनु प्रति सर्बसाधारणको आपति रहेको छ । यसमा स्थानिय सरकार र ईलाका प्रहरी कार्यालय मकवानपुरगढीको पनि ध्यान जान जरुरि देखिन्छ ।

गढी गाउँपालिका भित्र आंठ ओटै वडाहरुमा चल्ने अटोरिक्साको भाडाँदर के कति राख्ने भन्ने बिषयमा पहिले नै उपाध्यक्षको मातहतमा यातायात व्यवसायी समिति गठन गरिसकेको भएता पनि अहिले सम्म भाडाको दर रेट कायम भएको पाईएको छैन । यस बिषयमा  कार्यान्वयन भने फितलो भएको गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले हेटौंडा टुडेलाई बताए । हुमाँगाईले १५ दिनभित्र भाडाँदरको बिषयमा बैठक बसेर परामर्श निकालेर टुगों लगाउने बताउनु भएको छ  साथै चाडपर्वलाई लक्षित गरेर पालिकाका सबै वडाहरुमा भाडादर निर्धारण गर्नै र लागू गर्ने पनि जानकारी दिनुभयो ।

गढी गाउँपालिका रुटमा चल्ने अटो तथा साझा यातायात हेटौँडादेखि मक्रान्चुली, शिखरकटेरी, , आमभञ्याङ्घ, सुकौराम्म चल्ने यातायातमा भाडादर मनोमानी रुपमा असुल्ने स्थानीय बासिहरुले गुनासो गरेका छन । यस्तै साझा यातायाताका अनुसार राज्यले नै साउनबाट २८ प्रतिशत भाडादर बढाएकाले आफुहरुले पनि भाडा बढाएको जनाएको छन भने अटो ब्यबसायिहरुका अनुसार गढि गाउपालिका भर साझा यातायात सन्चालन रहेकाले आफुहरुले यात्रूहरु  पहिलाको अनुपातमा यात्रु नहुने भएकाले  खर्च ब्यबस्थापन गर्न गारो परेकाले भाडादर आउदा जादानै बढि लिने गरेको बताउछन ।

पछिल्लो समयमा गढी गाउँपालिकामा मात्र  हैन मकवानपुरको हेटौँडा बजार सहित अधिकाशं स्थानीय क्षेत्रमा अटो सवारी साधनहरु संचालमा रहेका छन् । तर कहाँबाट कति भाडा भनेर आधिकारीक हालसम्म तोकिएको छैन । यात्रुहरु समयमै काम भ्याउने उदेश्यले साना सवारी अटो चडेर छिटो हेटौंडा बजार आउने गरेका छन् । साथै उनिहरु भाडा निर्धारण नहुँदा निकै मारमा पर्दै आईरहेका र ठगिने गरेको आम सर्भसाधारणको गुनासो रहेको छ । यसबारे सम्बन्धित निकायको ध्यान जानु जरुरि देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*