
हेटौँडा/मकवानपुर प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर २ बस्ने २१ बर्षिय राजन मुक्तान रहेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । २ किलो १०० ग्राम लागुऔषध अफिम
शुक्रवार (आज) बिहान प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा झोला बोकी शंकास्पद रुपमा हिंडिरहेको बेला चेकजाँच गर्दा मुक्तानको झोलामा लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो १०० ग्राम फेला परेको हो ।
उक्त फेला पारेको लागुऔषध अफिमजस्तो देखिने पदार्थ सहित मुक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्