हेटौंडा-१५ स्थित २ वटा फुटबल टिमलाई जर्सी सहयोग

हेटौडा टुडे
१२ आश्विन २०७८, मंगलवार १६:०९

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१५ स्थित २ वटा फुटबल टिमलाई जर्सी सहयोग गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१५ स्थित २ वटा फुटबल टिमलाई करिब ३५ हजार बराबरको ३ सेट फुटबल जर्सी सहयोग गरिएको हो । चित्रेपानी टोलका खेलाडी टिमलाई १ सेट तथा शिखरपानीस्थित खेलाडी टिमलाई २ सेट गरी ३ सेट फुटबल जर्सी सहयोग गरिएको कांग्रेस हेटौंडा–१५ का सभापति नवराज घलानले बताए ।

घलानका अनुसार आगामी दिनमा पनि युवाहरूको स्वास्थ्य र स्थानीय खेलकुद क्षेत्रको विकास होस् भन्ने उद्देश्यले गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*