हेटौँडा/ हेटौंडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनको धनुषाबाट आएको सामुदायिक वनका उपभोक्ताहरुले अवलोकन गरेका छन । अवलोकनमा आएका उपभोक्तालाई चुच्चेखोला वन समूहका उपाध्यक्ष कल्पना पराजुली,सचिव सरिता गौतम, क्षेत्रीय संयोजक केदार पुडासैनी, कार्यालय सचिव केदारप्रसाद गौतम र वनहेरालु कृष्ण प्रसाद पुडासैनीले वनले गरेका विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए भने वनको अवलोकन भ्रमण गराएका थिए।
कार्यक्रममा मिथिला वाईल्डलाईफका अध्यक्ष देवनारायण मण्डल,सुनाखरि सामुदायिक वनका अध्यक्ष दुर्गाहरि ग्यावक,दूधपानी सामुदायिक वनका अध्यक्ष माधव भण्डारी र दुबै सामुदायिक वनका महिला उपभोक्ताहरु गरि करिव १ सय जनाको सहभागिता रहेको थियो। जेडएसएलले चुच्चेखोला सामुदायिक वनलाई महिलाहरुको आयआर्जन बढाउन प्रदान गरेको रकमले गरेका विभिन्न आयआर्जन सम्वन्धि कार्यक्रमको स्थलगत अवलोकन गर्न भ्रमणको आयोजना गरिएको बताईएको छ। जेडएसएल,मिथिला वाईल्डलाईफको सहयोगमा अवलोकन भ्रमण गरिएको हो ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ र १३ मा रहेको सुनाखरी र दूधपानी सामुदायिक वनका समूहका उपभोक्ताहरुले मंगलबार चुच्चेखोला सामुदायिक वनको अवलोकन गरेका हुन ।