
हेटौँडा/ योगदान राष्ट्रको लागि अभियानको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
काठमाण्डौँमा एक भव्य कार्यक्रमको आयोजना गरि ओम उप्रेतीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कमिटि गठन गरेको छ । सो कमिटिको उपाध्यक्ष राहुल कौशल, सचिव बिष्णु मणि भण्डारी,सहसचिव सजना पुरी, कोसाध्यक्ष् श्याम पौडेल, सह कोषाध्यक्ष दीर्घराज भट्टराई चयन भएका छन् । सो कमिटिको सदस्यहरु ललिता अर्याल सदस्य रमिला श्रेष्ठ, रबि शाहि,शिवनाथ यादब,चेतना निरौला,तक्त जिरेल, खेम राज उप्रेती ,अनिल ढकाल,नमुना पाण्डे,रेखा शर्मा चौधरी,पुरुषोत्तम उप्रेती र सानुकाजी नगरकोटि चयन भएका छन् ।


सेयर गर्नुहोस्