शनिबार हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर सञ्चालन हुदैँ

हेटौंडा टुडे
१५ आश्विन २०७८, शुक्रबार ११:३२

हेटौँडा/ हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर सञ्चालन हुने भएको छ । शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग विशेषज्ञबाट मुटुरोग स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर संचालन हुने भएको हो । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना डाक्टर र ४ जना प्राविधिकहरु सहित ११ जनाको टोलीले शिविरमा करिब पाँच सय जनालाई उपचार गर्ने जनाईएको छ ।

निशुल्क शिविरका लागि टिकटदेखी इसिजी, ईको, प्रसेस सुगर, एक्सरे र आवश्यक परेमा रगतको पनि निशुल्क सेवा प्रदान गरिने छ । साथै शिविरमा मुटुरोगको परिक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा इको गर्ने मेशिन नभएकाले बाँसबारीबाटनै डाक्टरहरुको टोलीले ५ वटा इसिजी मेशिन र १ वटा इको मेशिन ल्याई उपचार गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*