लागु औषध विन साइरेक्स सहित थोकर पक्राउ

हेटौडा टुडे
१६ आश्विन २०७८, शनिबार १२:५९

हेटौँडा/ मकवानपुर प्रहरीले लागु औषध विन साइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*