
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडाको मुख्य सडक तथा विभिन्न शाखा सडकहरुमा खाल्डा खुल्डी र भ्वाङै भ्वाङलले सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । कान्तिराजपथ, स्कुलरोड, बैंकरोड, अजर अमररोड, नयाँ मार्ग, हुप्रा चौर, सानोपोखरा, बसपार्क, पारिजात पथ, टि सि एन रोड लगाएतका क्षेत्रहरुको सडक जीर्ण बनेका छन् । सवारी साधनको चापले दिन प्रतिदिन सडक साँघुरो हुँदै गइरहेको र सडक जिर्ण बन्दै गएको हो ।
२० औं वर्ष पहिले बनेका सडकहरुको अझै स्तरोन्नती हुन सकेको छैन । सडकका बीच तथा दायाँ बायाँमा धेरै खाल्डा खुल्डी र भ्वाङै भ्वाङलले गर्दा गर्दा मुख्य सडकमा दुर्घटनाको जोखिम समेत बढिरहेको छ । तर भत्किएको सडक मर्मत हुन नसक्दा आम नागरिकलाई सास्ती त भइरहेको छ नै सडक दुर्घटना समेत यसले बढाईरहेको छ । जसमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङक अनुसार अर्थिक बर्ष ०७७।०७८ मा ३ सय ५३ वटा सवारी दुर्घटनाका भएका थिए । जसमध्ये २ सय १४ वटा दुर्घटना सडक संरचनाकै कारण भएको तथ्याङ्कमा उल्लेख छ । अर्थिक बर्ष ०७७।०७८ मा सवारी दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएका थिए ।
उपमहानगरपालिकाले वर्षेनी विभिन्न स्थानमा सडक स्तरोन्ती गरेपनी हेटौंडा बजारको मुख्य सडकहरु भने उस्तै छन् । सडक विभागले समेत मुख्य सडकलाई स्तरोन्नती गर्न कुनै तदारुकता देखाएको छैन् । स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारले समेत आम नागरीकका समस्याहरुलाई समाधान गर्न तर्फ गम्भिरतापुर्वक लाग्नुपर्ने जरुरी देखिन्छ ।
