हेटौँडामा आजदेखि नयाँ नोट वितरण शुरु

हेटौंडा टुडे
२०७८ आश्विन १९, मंगलवार १६:४४ गते

हेटौँडा/  नेपाल बैँक लिमिटेड हेटौँडाले आजबाट नयाँ नोट वितरण गरेको छ । चाडपर्वलाई लक्षित गर्दै नेपाल बैँकले भोलीसम्म नयाँ नोट वितरण गर्ने जनाएको छ । करिब २ करोड रुपैँया बराबरको नोट वितरण गर्न लागिएको हो ।

नयाँ नोट लिनका लागि टोकन लिएर लाईन बस्नु पर्ने व्यवस्था गरिएको छ भने प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट बितरण गरिएको छ । नजिकिदै गरेको दसैँका लागि नयाँ नोट लिने सर्वसाधारणको बैँकमा भिड बढेको छ ।

कारोना जोखिममा पनि बिहान बैकँ खुलेपछि बेलुकासम्म नयाँ नोट लिनेको लर्को लागेको छ । हेटौँडा भित्रका अन्य बैँकमा नयाँ नोट लिने व्यवस्था नभएकोले अत्याधिक भिडभाड बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*