प्रदेश सरकारले बढायो सार्वजनिक यातायातको भाडा

हेटौडा टुडे
२१ आश्विन २०७८, बिहीबार ११:५३

हेटौँडा/ बागमती प्रदेश सरकारले प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा समायोजन गरेको हो । संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

उपत्यका बाहिरको हकमा २३ प्रतिशत भाडा बढेको हो । यस्तै, उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको भौतिक मन्त्रालयले जनाएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*