अपहरण अभियोगमा पक्राउ परेका ४ जना धरौटीमा रिहा

हेटौडा टुडे
२१ आश्विन २०७८, बिहीबार १३:३५

हेटौँडा/ हेटौंडाको सुन व्यवसायी जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको अभियोगमा पक्राउ परेका ४ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटी रकम लिएर तारेखमा छोडेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरण गर्न प्रयोग भएको कार ९ना २० च ८९६०० सहित विनोद लाल श्रेष्ठ, अनिल लामा, बुद्ध लामा र आदेश लामालाई पक्राउ गरेको थियो । उनीहरुलाई म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

बुधबार अपहरण गरेको आरोपमा पक्राउ परेको विनोद लाल श्रेष्ठलाई १ लाख ५० हजार, अलिन लामा, बुद्ध लामा र आदेश लामालाई ५० र ५० हजार धरौटी रकम लिएर तारिख छोड्ने न्यायाधीश कमलराज विष्टको एकल इजलासले आदेश गरेको थियो ।

बुधबार नै उनीहरु सबैले धरौटी रकम बुझाएर छुटेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो । समृद्व समाजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*