
हेटौँडा/ आज घटस्थापनाको दिन विभिन्न शक्ति पिठहरुमा जमरा राखिएको छ । हेटौँडा ९ मा रहेको दुर्गा मन्दिरमा जमरा राखिएको छ । हेटौँडाभित्रका मन्दिरमा पनि घटस्थापनाको दिन जमरा राखिएको छ । यस्तै दुर्गा मन्दिर, कालिका मन्दिर, मनकामना विकास क्षेत्र, र भुटनदेवी मन्दिरमा जमरा राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
कर्रामा अवस्थित दुर्गा मन्दिरमा बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याई देवीको मूर्ति स्थापना गरिदै छ । जसको लागत मुल्य ९ लाख ५० हजार रहेको छ ।
यसैगरी मन्दिरका अध्यक्षको अध्यक्षतामा भएको जमरा राख्ने कार्यक्रममा स्थानियहरु, भक्तजन, सक्रिय समाजसेवी र मन्दिर व्यवस्थापन समिति लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्