
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर भित्र हिरासतमा रहेका थुनुवाहरुले बडा दसैँको दिन अर्थात शुक्रबार हिरासत मै टीका र जमरा लगाइएको छन । हिरासतमा रहेेका करिब २५ जनाले टिका ग्रहण गरेका छन । थुनुवाका लागि जिल्ला प्रहरी कर्यालय मकवानपुर व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । प्रहरी कार्यालय प्राङ्गणमा रहेर उनीहरुका आफन्तले टीका र जमरा लगाइदिएका थिए । भने दसैको अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एस.पी सोमेन्द्र सिहं राथोडले टिका लगाई दिएका थिए ।

सेयर गर्नुहोस्