कोठामा तास खेलिरहेको अवस्थामा मकवानपुरका बल सहित ११ जना पक्राउ

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार ०९:४९

हेटौँडा/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बलले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*