गढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार १३:४१

हेटौँडा/ सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन।

सोमबार दिउँसो कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढि-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार आउदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुर गढी-२ मोडभन्ज्याङ बस्ने १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज पठाएको र अबस्था गम्भिर रहेको बुझिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*