हेटौँडा/ महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ। ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ ।
मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो । नदिमा पानीको बहाव उच्च भए पछि ९२ बर्षअघि बनेको शारदा ब्यारेज ९वनबसा पुल० समेत जोखिममा परेको छ । पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ ।
बृटिश भारत सरकारको पालामा महाकाली नदिमा सन १९२३ मा पुल निर्माण शुरु गरिएको थियो । सन १९२९ मा पुल निर्माण सम्पन्न भएको थियो ।
त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।
शारदा ब्यारेजको रेकर्ड अनुसार सन १९६६ मा ४,३७,०००,सन १९६९ मा ४,८०,५९६, सन १९७२ मा ४,९६,१००, सन २००८ मा ४,६१,७८८ र सन २०१३ मा ५,४४,४४७६ उच्च बहाव मापन गरिएको छ ।
यसैबिच अहिले सम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा रातो बत्ति बालिएको छ ।