हेटौंडामा एकै दिन चार वटा पक्की सडकको शिलान्यास

हेटौडा टुडे
९ कार्तिक २०७८, मंगलवार १७:३५

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने र हेटौंडा–१६ हटियामा आज एकैदिन चार वटा पक्की सडकको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले चार वटा पक्की सडकको शिलान्यास गर्नु भएको हो । हेटौंडाको कमानेमा १८ लाख ७५ हजार रुपैयाँ लागतमा सडक निर्माणको काम सुरु भएको हो ।

यसैगरी हेटौंडा–१६ हटियाका भित्री सडकहरु ३ वटा ६२ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको मेयर महतले वताउनुभयो । पूर्वाधार विकासको कामले बिभीन्न वडामा तिब्रता पाएको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ, हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*