फरार प्रतिवादी पक्राउ

हेटौंडा टुडे
११ कार्तिक २०७८, बिहीबार ०९:०१

हेटौँडा/ सवारी ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ११ बस्ने २६ वर्षीय सृजना श्रेष्ठ रहेकी छिन । मकवानपुर जिल्ला अदालतबाट सवारी मुद्दामा २०७७/७/३० गते १५ दिनको सजाय पाएकी र कैद भुक्तान गर्न बाँकी रहेकी प्रतिवादी सृजना श्रेष्ठलाई मकवानपुर प्रहरीले हिजो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ स्थितबाट पक्राउ गरी आवश्यक कार्बाहीको लागि जिल्ला अदालत मकवानपुरमा बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*