हेटौंडा/सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायेजनमा आज हेटौंडा १४ मयुरधापमा रहेको जनज्योति मा.वि.को प्राङ्गणमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसारमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विहान ९ वजेदेखि २ बजेसम्म संचालन गरेको शिविरमा हेटौंडा १४ लगायत जिल्लाका विविध क्षेत्रका ८० महिला र ७० पुरुष जना गरी कुल एक सय पचास जनाले निशुल्क आँखा परिक्षण गराएका थिए । आँखा परिक्षण गराएका मध्ये २१ जनाको शल्यक्रिया गर्नुपर्ने खालको मोतिविन्दुको विरामी भेटिएकाले उनीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार गरिने बैकले जनाएको छ । कार्यक्रममा बैंकका शाखा प्रबन्धक रुपक मैनालीले अस्पताललाई मायाको चिनो प्रदान गर्नु भएको थियो । बैंकले आगामी दिनहरुमा समेत जनतासँग प्रत्यक्ष सरोकारका विषयमा सामाजिक उतरदायित्व वहन गर्दै जाने बैंकका प्रबन्धक मैनालीले बताएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशका १०० शाखा र मकवानपुरमा २ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।
हेटौंडा १४ मा शनिवार १ सय ५० जनाको निशुल्क आँखा परिक्षण
सेयर गर्नुहोस्