बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन

हेटौडा टुडे
१५ कार्तिक २०७८, सोमबार १३:२४

हेटौँडा/ बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो ।

चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली एयर इण्डियाको विमानमार्फत भारत फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*