मकवानपुरका ६ जना बारा प्रहरीको नियन्त्रणमा

हेटौंडा टुडे
१८ कार्तिक २०७८, बिहीबार ११:५१

हेटौँडा/ बारा प्रहरीले दुई छुछ्टाछुट्टै घटनामा संलग्न मकवानपुरका ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विष्फोटक पदार्थसहित ३ जना र लागूऔषध घटनामा संलग्न ३ जना गरी ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले विष्फोटक पदार्थसहित हेटौंडाका ३ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, सोही ठाउँ बस्ने २५ वर्षीय बुद्ध लोप्चन र ३२ वर्षीय राजकुमार लोप्चन रहेका छन् । उनीहरुलाई सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले बाराको फेटा गाउँपालिका –३ स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।

उक्त सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा बिष्फोटक पदार्थ (पटाका) सहित हेटौंडाका ३ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट कार्टुनमा राखी लुकाइ छिपाई ल्याएको किङ कोबरा–११ बण्डल र ५० प्याकेट बिष्फोटक पदार्थ ९पटाका० बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।

यस्तै, प्रहरीले लागूऔषध गाँजासहित राक्सिराङ गाउँपालिकाका तीन जनालाई पक्राउ गरेको प्रहरीले १२ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर-२ बस्ने २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय बिजय थिङ्ग र १९ वर्षीय अखिल मोक्तान रहेका छन् । उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट उक्त परिणामको लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गररहेको जनाइएको छ । तु खबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*