भिमफेदी भएर चल्ने सुमोलाई आजबाट ‘टाइम कार्ड’

हेटौंडा टुडे
२०७८ कार्तिक २८, आईतवार १०:४७ गते

हेटौँडा/ हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गतको भिमफेदी-कुलेखानी-फाखेल -सिस्नेरी सडक खण्डमा आजबाट टाइम कार्ड लागु भएको छ।

उक्त सडकखण्ड भएर चल्ने भाडाका सुमो र बोलेरो जिपलाई आइतबार(आज) बाट टाइम कार्ड लागु गरिएको हो।

भिमफेदी देखी फाखेल सम्म २७ किलोमिटरको दुरी र भिमफेदी देखी सिस्नेरी सम्मको २८ किलोमिटर दुरीमा टाइम कार्ड लागु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले प्रष्टखबरलाई बताए।

उक्त दुरीमा सुमोलाई पुग्न १ घण्टा ३० मिनेटको समय निर्धारण गरिएको छ। निर्धारण गरिएको समय भन्दा छिटो पुगेका सुमोलाई कारवाही गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक पाण्डेले बताए।

उक्त मार्गमा सवारी दुर्घटना बढेसगै मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले सरोकारवालाहरूसँग छलफल गरेर दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेका थिए। उक्त मार्ग भएर दैनिक १ सय भन्दा बढी सुमो काठमाडौं जाने आउने गर्दछन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*