भूपेन्द्र हत्या प्रकरण : फरार रहेका विकास खड्का पक्राउ

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार १३:३०

हेटौँडा/ कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।

गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।

विकासले नवीन कै समूहमा रहेर गुन्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो । यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*