हेटौंडा–९ मा स्लाब ढलानको शिलान्यास

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार ११:०३

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ सिमेन्ट उद्योग पछाडी स्लाश ढलानको आज शिलान्यास गरिएको छ । स्लाब ढलानको शिलान्यास गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडाका हरेक टोलमा पक्की सडक निर्माण गर्ने अभियानमा लागिएको वताउनुभयो ।

हेटौंडामा फराकिला पक्की सडक, सुद्ध खानेपानी, ढल निर्माणमा आफुहरु जुटेको मेयर महतले वताउनुभयो । कुल ७ लाख ६६ हजार रुपैयाँ लागतमा स्लाब ढलान सुरु गरिएको हो । चार मिटर चाडाइ र एक सय ५० मिटर लम्वाइ रहेको यस सडक निर्माणको काम पुरा गर्नका लागि थप बजेट समेत निकासा गरिने उहाँले वताउनुभयो ।

संघीय सरकारले बजेट खर्च गर्न नसक्ने र स्थानीय सरकारलाई विकासका काम गर्न बजेट नहुने समस्यामा आफुहरु परेको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*