नेपाली कांग्रेस मकवानपुरगढीद्वारा गाउँपालिकामा तालाबन्दि

सहमति नभए नखोल्ने
टुडे संवादाता
१ मंसिर २०७८, बुधबार १४:१९

हेटौंडा ।  नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकामा तालाबन्दि गरेको छ । गाउँपालिकाको कार्यशैलीप्रति आपति जनाउँदै र आफ्ना मागहरु सम्बोधन नभएको भन्दै काँग्रेस मकवानपुरगढीले पत्रकार सम्मेलन मार्फत पालिकामा तालाबन्दि गरेको हो ।

स्थानिय सरकारले जनताको हितका निमित्त कामहरु नगरी विभिन्न शीर्षकमा कर थुपारी राजस्व संकलन गर्ने नाममा खोलाको गिट्टी बालुवा झिकेर नीति नियम विपरित बिक्री गरेको र नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण अनियमित गरेको पाईकाले खबरदारी गर्दा पनि आठ महिना बितिसक्दा गाउँपालिकाले बेवास्ता गरेको काँग्रेस मकवानपुरगढिका सभापति राजबिर मोक्तानले बताउनु भयो ।

राज्यबाट आएको बजेट पनि विकासको योजनाहरु आफ्नै पकेटको बजेट जस्तो गर्दै टोल टोलमा आश्वासन बाँड्दै राजनीतिक खेल खेल्दै अलोकतान्त्रिक शैलिमा हिडेको पनि काँग्रेसको आरोप छ । कोरोना कहर बिच पनि गाउँपालिकाले पालिकाबासिलाई विभिन्न शीर्षकमा करको भार थुपार्नु र अघिल्लो आर्थिक बर्षमा गरेको योजनाको रकम समेत भुक्तानी नगर्ने जस्ता निष्कृय काम गर्नु निन्दनिय भएको र आफुहरुको यो बिषयमा ध्यानाकर्षण भएको सभापति मोक्तानले बताउनु भयो ।

आठ महिना देखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रिया, त्यसमा देखिएको परिणाम संख्या र घोटला हुन लागिएको राजस्व र गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय गरिनुमा आफुखुसी गरिएको भन्दै कांग्रेसले गाउँपालिकाको मुल गेटमा ताला लगाइएको  मोक्तानले बताए ।

कार्यक्रममा पार्टीका नेता तथा तरुण दलका नेताहरुको कार्यकता पत्रकारहरुको उपस्थितीमा रहेको थियो ।

यस बिषयमा हामिले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईसंग कुराकानि गर्दा आफुलाई ताला बन्दिका बिषयमो कुनै जानकारि नभएको र आफु पटक पटक छलफलको लागि बोलाउदा पनि नआएको आरोप लगाउनुभयो साथै आफु काठमाडौं कार्यक्रममा आएकाले ५ गते कार्यालय आएपछि सञ्चारकर्मी, सबै राजनितिक दलका प्रतिनिधिहरु राखेर प्रस्ट रुपमा छलफल गरिने हेटौंडा टुडेलाई बताउनुभयो  ।

यो पनि पढ्नुहोस

गढी गाँउपालिकामा तोकिए भन्दा बढी नदि उत्खनन गरेको कांग्रेसको ठहर ,विवरण सार्वजनिक नगरे पालिकामा ताला लगाउने चेतावनी

 

गढी गाउँपालिकाको कार्य प्रति काँग्रेसको आपत्ति, माग सम्बोधन नभए कार्य ठप्प पार्ने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*