काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको तोलामा १०० र चाँदीको भाउ पाँच रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९३ हजार ९०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
सेयर गर्नुहोस्



















