मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि

टुडे संवादाता
२०७८ पुष २, शुक्रबार १५:२४ गते

हेटौंडा । मकवानपुरमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय मकवानपुर अनुसार पछिल्लो २४ घण्टामा १२ जनामा पिसिआर र २३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १ जना र २ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुने ३ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैबिच,पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल ४१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४० जना आफ्नै घरमा र १ जना हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*