हेटौँडा/ मकवानपुरमा आज २ सय ८५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय मकवानपुर अनुसार पछिल्लो २४ घण्टामा २ सय ८२ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः २ सय १६ र ६९ जना गरी थप २ सय ८५ जनामा ३८८ जनामा गरिएको परीक्षणमा थप २ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ । जिल्लामा आज थप ४ जनाले कोरोना संक्रमण जितेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
सेयर गर्नुहोस्