हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित लेवटमा बोलेरो जिप र टिपर एकआपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ बालाजु नयाँबजार बस्ने बर्ष अन्दाजी ४०/४५ को शिब कार्की रहेको र सोही ठाउँ बस्ने अन्दाजी ४५/५० को दिनेश कार्की घाइते भएको रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत गए राति मनहरीबाट हेटौंडा बजार तर्फ जादै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो र बिपरित दिशा बाट आउदै गरेको को १ क १३२८ नम्बरको खाली टिपर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा पिकअप गाडीमा सवार २ जना पुरुष गम्भिर घाईते भएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
सेयर गर्नुहोस्






















