हेटौंडा/ विद्याकी देवी सरस्वतीको आज पूजा आराधना गरी देशभर श्रीपञ्चमी पर्व मनाईदै छ । सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई औपचारिक रुपमा अक्षर आरम्भ गराउने प्रचलन पनि छ । आजकै दिन विद्यार्थी, शिक्षक, साहित्यकार, चित्रकार, गायक, नर्तक लगायत विद्या साधकले आ–आफ्ना कला साधनाका सामाग्रीको बिशेष पुजा गर्ने पनि गर्दछन । आफ्नो विद्या निर्विघ्न सम्पन्न होस भन्ने कामना गर्दै मुलु्क भरका सरस्वती मन्दिरहरुमा श्रद्धालु भक्तजन र विद्यालयमा विद्यार्थीहरुको घुइँचो लागेको छ । त्यस्तै हेटौंडाका केहि विद्यालयहरुमा पनि आज स्वास्थ मापदण्ड अपनाएर बिशेष तरिकाले सरस्वती पुजा मनाउएको छ ।
सेयर गर्नुहोस्