हेटौंडा/नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ मकवानपुर शाखाले शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेको छ । आईतबार (आज) एक कार्यक्रमका बिच नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको स्थापना दिवस, श्रीपंचमी तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ मकवानपुर शाखाका अध्यक्ष विज्ञान रिमालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष किरणवावु न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो । शाखाले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ चिसापानिमा रहेको चेपाङ्ग प्राथमिक विद्यालयमा १ सय ५४ जना विद्यर्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरिएको जिल्ला सदस्य जमुना रुपाखेतीले जनाकारी दिए ।
सदस्य रुपाखेतीका अनुसार विद्यर्थीहरुलाई कपी, पेन्सिल, इलेजर, साप्नर, कलर पेन्सिल, वाक्स कलर, साइनपेन, डटपेन, जेलपेन, औजार वक्स, फुटवल, भलिवल, क्रिकेट वल, क्रिकेट सेट, लुडो, चेस, क्यारिमवोर्ड शैक्षिक चाटर्, वितरण गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य बाशुु न्यौपाने, विद्यालयका प्र.अ. राजेन्द्र न्यौपाने, अतिथि एवं पूर्व अध्यक्ष प्रेमलाल श्रेष्ठ, उपाध्यक्ष पुष्कल नेपाल, सचिवअमिर चौलागाई , सहसचिव अर्चना कार्की, सदस्य जमुना रुपाखेती तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।




















