हेटौँडा/ नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि हिजोका लागि बोलाइएको बैठक नेताहरूको व्यवस्तताका कारण बस्न सकेको थिए । आजबाट आगामी स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारी दिने क्रम सुरु भएपनि काँग्रेसले हालसम्म महानगरपालिका र उप महानगरपालिकाका प्रमुख तथा उप प्रमुखको टुङ्गो लगाउन सकेको छैन ।
६ वटा महानगरपालिकामध्ये ३ ओटा प्रमुख पाएको काँगे्रसेले आजको बैठकबाट उम्मेदवारको नाम टुङ्गो लगाउने छ ।
काठमाडौं महानगरपालिकाको हकमा सिर्जना सिंहको विषयमा लगभग सर्वसम्मत नै भएपनि विराटनगर र ललितपुरमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ ।
सेयर गर्नुहोस्