हेटौंडा अस्पतालमा सुत्केरीको मृत्यु

हेटौंडा टुडे
११ बैशाख २०७९, आईतवार १४:२२

हेटौँडा/ हेटौंडा अस्पतालमा गएराती सुत्केरी महिलाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ स्थायी घर भइ हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामाया मोक्तानको गएराति मृत्यु भएको हो ।

मोक्तानलाई सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यक्रिया गरी १० गते आइसियू मा राखिएको थियो । उनको गएराति मृत्यु भएको हो । नावजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ । मृतकका परिवारले चिकित्सकको लापरवाहीले उनको मृत्यु भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*